गाडीको ट्यांकी पड्किदा मियाको मृत्यू


जनकपुरधाम । रौतहटमा गाडीमा हावा भर्ने ट्यांकी पड्किदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

रौटहटका कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी पड्किदा ग्यारेजधनी कटहरिया ५ का २० वर्षीय समसुल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पड्किदा भएर उछिट्टिएको ट्यांकीको टुक्राले टाउनकोमा लाग्दा युवकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका समसुललाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्ज लैजाने क्रममा शुक्रबार साँझ बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका २५ वर्षीय जैसी यादव घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रकाशित : २०७८ मंसिर ४, शनिबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ