काँग्रेसको जनकपुरधाम सभापतिमा साह निर्विरोध चयन


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा मनोज साह निर्विरोध चयन भएका छन् ।

सभापति पदमा साहको मात्र उम्मेदवारी परेकाले साह निर्विरोध भएका हुन् । पार्टी उपसभापति बिमलेन्द्र निधिको पहलमा उनी सभापतिमा निर्विरोध भएको स्रोतले जनाएको छ । साह यसअघि पनि नगर सभापति थिए ।

सभापतिका दावेदार राकेश विक्रम साहलाई निधीले उपसभापति बनाउने आश्वासन दिएका छन् । अन्य सबै पदमा निर्वाचन हुने देखिएको छ । जनकपुरधामको गोपाल धर्मशालामा अधिवेशनमा जारी छ ।

प्रकाशित : २०७८ मंसिर ५, आईतवार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ