सिरहाका ३८ वडामा माओवादी केन्द्रको अधिवेशन बाँकी


लहान । नेकपा माओवादी केन्द्रले शनिबार देशभरका वडामा पार्टीको अधिवेशन गरे पनि केही वडामा विभिन्न कारण अधिवेशन सम्पन्न हुन सकेनन् । सोही क्रममा सिरहाका १६४ वडामध्ये १२६ वटा वडामा मात्र शनिबार अधिवेशन सम्पन्न भएको छ ।

बाँकी वडामा मंगलबार अधिवेशन गर्ने तयारी गरिएको छ ।अधिवेशन गर्न बाँकी ३८ वडामा मंगलबार अधिवेशन हुने सिरहा जिल्ला संयोजक रामकुमार यादवले जानकारी दिए । जिल्लामा १७ वटा पालिकामध्ये कुनै पनि पालिकाले पूर्णरुपमा अधिवेशन सम्पन्न गर्न नसकेको जिल्ला संयोजक यादवले जानकारी दिए ।

जिल्लामा आन्तरिक विवाद, तयारी पूरा नभएको लगायतका कारणले ३८ वटा वडामा अधिवेशन बाँकी रहेको संयोजक यादवले जानकारी दिए । अहिले प्रदेश २ का जिल्लाहरुमा माओवादी सदस्यता वितरण अभियान चलाएको छ ।

प्रकाशित : २०७८ मंसिर ६, सोमबार ०७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ