डा. राउतले सबै गाउँको माटोले ‘मधेस एकता उद्यान’ निर्माण गर्ने


जनकपुरधाम । जनमत पार्टीले सबै गाउँ/शहरका माटो संकलन गरेर मधेस एकता उद्यान निर्माण गर्ने भएको छ । मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस एकता उद्यान निर्माण गर्ने निर्णय गरेको हो ।

उद्यान निर्माणका लागि जनमत पार्टीले मंसिर १० गते राष्ट्रिय अध्यक्ष डा. सीके राउतको नेतृत्वमा मेचीदेखि महाकालीसम्मको जनमत माटो यात्रा सुरु गर्नेछ । यो यात्राको लक्ष्य हरेक गाउँपालिका/नगरपालिकाका पुगेर पवित्र माटो संकलन गर्ने र अन्त्यमा सबै माटो मिलाए उद्यान निर्माण गर्ने रहेको सो पार्टीले जनाएको छ ।

यस्तै भ्रष्टाचारविरुद्ध विगत २८ दिनदेखि जारी आन्दोलनको समिक्षा पश्चात सो पार्टीले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सो अन्तर्गत छुटेका वडाहरुमा यूवा दस्ता गठन गर्ने, मंसिर १० मा रंगभेदविरुद्ध एकता दिवसको अवसरमा र्याली निकाल्ने, यूवा दस्ताहरुको पुनः प्रशिक्षण र परिचालन गरी परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ