सिरहाको कल्याणपुरमा कार्यरत साह उत्कृष्ट प्रहरी घोषित


सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी नायव निरीक्षक उपेन्द्र साहलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रहरी नायब निरीक्षक साह ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत छन् ।

कार्तिक महिनाको उत्कृष्ट उनी सोमबार सम्मानित भएका हुन् । सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले उनलाई उत्कृष्ट भएको प्रमाणपत्र समेत प्रदान गरेका छन् ।

प्रहरी नायब निरीक्षक साहले अपरा’धमा संलग्न र फरार अपरा’धी पक्राउ गरी अभियुक्तलाई कानूनी दायरामा ल्याई अपरा’ध नियन्त्रणमा सक्रिय रही जनमानसमा प्रहरीको व्यवसायिकता एवं छविलाई उच्च बनाएको प्रमाणपत्रमा उल्लेख छ । राम्रो काम गर्ने प्रहरीको मनोबल उच्च पार्न जिल्ला प्रहरी कार्यालय सिरहाले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ