बेहोस अवस्थामा भेटिएका न्यूरोसर्जन डा. सुवासको निधन


काठमाडौं । न्यूरोसर्जन डा. सुवास लोहनीको आज निधन भएको छ । ३८ वर्षका डा. लोहनीलाई ग्राण्डी अस्पतालले मृत घोषित गरेको हो ।

काठमाडौँको टोखास्थित ग्राण्डी टावरस्थित आफ्नै निवासमा मंगलबार बिहान उनी बेहोस अवस्थामा भेटिएका थिए । उनलाई तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल लगिएपछि मृत घोषित गरिएको छ ।

डा. लोहनी नेशनल न्यूरो सेन्टरमा थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । उनी के कारणले बेहोस बनेका थिए भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार १३:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ