काँग्रेस मतगणना स्थलमा झडप, प्रहरीसहित ७ जना घाइते


दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास हानेको बताइएको छ ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास हान्नु परेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्द रिजालले जानकारी दिए ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले दुई कांग्रेसका दुई पक्षका कार्यकर्ताको प्रदर्शनले उग्ररुप लिन थालेपछि बाध्य भएर दुई राउन्ड अश्रुग्यास हान्नु परेको जानकारी दिए ।

झडपका क्रममा दुईजना प्रहरी सहित ७ जना घाइते भएका छन् । प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाइते भएका छन् । कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती , नौबहिनी ६ का २६ वर्षीय कुंवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ । मतगणनाको क्रममा संस्थापन इतर पक्षधर बिष्णुकुमार गिरीले अग्रता लिएका थिए । त्यही क्रममा कसैले टिनमा ढुँगा हानेपछि विवाद चर्किएको थियो ।

प्रकाशित : २०७८ मंसिर ८, बुधबार ०७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ