अब जनकपुरमै चिरफार नगरी दुरबिनबाट पाठेघरको अप्रेशन !


जनकपुरधाम । जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालले नयाँ प्रविधि ल्याप्रोस्कोपी अर्थात् दुरबीनबाट पाठेघरको अप्रेशन सेवा सुरु गरेको छ । पहिलो पटक ल्याप्रोस्कोपी प्रविधिबाट एक भारतीय महिलाको पाठेघरको सफल अप्रेशन गरेको हो ।

यो सेवा जनकपुरको अन्य अस्पतालमा उपलब्ध छैन । जनकपुरमा पहिलो पटक यो प्रविधि जानककी हेल्थ केयरले भित्र्याएको दावी गरिएको छ । विगत २ वर्षको अनुभवी डा. बिरेन्द्र भगतको नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको अप्रेशन गरिन्छ ।

डा. भगतले ल्याप्रोस्कोपी प्रविधि अलि महँगो भएपनि सुरक्षित हुने गरेको बताए । अस्पतालद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विगतमा हात छिराएर अप्रेशन गर्नुपर्थ्यो । पुरा पेट चिर्नुपर्थ्यो । तर ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेशन गर्दा मात्र ३–४ वटा सानो प्वाल पार्नुपर्छ ।’

‘पेट चिरफार गर्नुपर्दा ७/८ दिन अस्पतालमा बस्नुपर्ने हुन्छ’, डा. भगतले भने, ‘तर ल्याप्रोस्कोपीबाट अप्रेशन गरेकै दिन विरामी घर जान मिल्छ । न अस्पताल धेरैदिन बस्नुपर्छ, न इन्फेक्सनको डर हुन्छ । त्यसैले सस्तो नै भने हुन्छ ।’ ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको अप्रेशन गर्दा करिब ५० हजार लाग्छ– उनले भने ।

प्रकाशित : २०७८ मंसिर ८, बुधबार १३:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ