दूधको मूल्य लिटरमै १४ रुपैयाँ बढाउने प्रस्ताव


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ । कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले यसबारेमा सरोकारवालासँग छलफल गरिसकेको बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले बताए ।

छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन् ।

किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि अध्ययन गरेर दूधको मूूल्य वृद्धि हुुनुपर्ने भनेको छ भने केन्द्रीय पशुपालन सहकारी सङ्घले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुुपर्ने प्रस्ताव गरेको छ । यता सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ ।

प्रकाशित : २०७८ मंसिर ९, बिहीबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ