धनुषामा हात्तीको आक्रम’णबाट मुत्युभएका परिवारलाई १० लाख सहयोग


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रम’णबाट आठ महिना अगाडि मुत्युभएका ८० वर्षिय पदमबहादुर खप्तरी मगरका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपल्बध गराएको छ ।

बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित एक कार्यक्रमबीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र वन डिभिजन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मृतकका पत्नी टुकीमाया खप्तरी मगरलाई प्रदान गरे ।

राहत रकमको चेक प्रदान गरिसकेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको र आवश्यक पर्ने कागजात तयार पार्नमा वन डिभिजन कार्यालयका प्रमुख कर्णले गरेको कामको प्रशंसा गरे ।

राहत रकमको चेक बुझदै मृतक मगरका ७४ वर्षिया पत्नी टुकीपमायाले आफुलाई छोरा–छोरी नभएको अवस्थामा सरकारले यसप्रकारको सहयोग गरेपछि आफनो बाँकीको जिवन जिउन सहज हुने बताए । कार्यक्रममा डिभिजन वन कार्यालय धनुषाका लेखा अधिकृत निमर्ला काफले, नायव सुब्बा तैयव राइन, शसस्त्र वन रक्षक रामदेव यादव सहितकाको उपस्थिति रहेको थियो ।

२०७७ साल चैत १६ गते राति धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रम’णमा परी पदमबहादुर खप्तरी मगरको मृत्यु भएको थियो । धनुषाको उत्तरी क्षेत्रमा हात्तीले पटक पटक धानबाली र गाउँघरमा समेत क्षति पुर्याउदै आएको छ ।

प्रकाशित : २०७८ मंसिर ९, बिहीबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ