एमाले महाधिवेशन : जब ओली, देउवा र उपेन्द्र एकसाथ हात हल्लाए…


चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादव एकसाथ महाधिवेशनस्थल प्रवेश गरेका छन् ।

मञ्चमा सँगै उभिएर उनीहरूले हात हल्लाएर अभिवादन गरेका छन् । देउवा, ओली र यादवले संयुक्त अभिवादन गर्दा कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए । लामो समयपछि देउवा, ओली र यादव मञ्चमा सँगै देखिएका हुन् ।

यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी भएयता उनीहरू एकै ठाउँमा देखिएका थिएनन् । प्रधानमन्त्रीका रूपमा देउवाले सपथ लिँदासमेत ओली उपस्थित भएका थिएनन् ।

देउवाले मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक ओलीसँग सम्बन्ध सुधारका लागि दूत बनाइ बालकोट पठाए पनि दुईजना औपचारिक कार्यक्रममा उपस्थित भएका थिएनन् ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १३:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ