शहिदनगरमा शहिद कामेश्वर- कुशेश्वर सभागृह निर्माण, मुख्यमन्त्रीले गरे उद्घाटन


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले शहिददहरुको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने बताएका छन् । शहीदनगरको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो धारणा राखेका हुन् ।

उनले शहिद कामेश्वर कुशेश्वर जस्ता शहिददहरुले दिनु भएको बलिदानीकै फल स्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । शहिददहरुको बलिदानीको बलमा स्थापित प्रदेश सरकार शहिददहरुले देखेको सपना साकार गर्न सदैब तत्पर रहने विश्वास दिलाए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार समाजमा पछाडी परेका समुदायहरुको उन्नयनको लागी जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था, छोरीहरुको शिक्षामा पहुँच बढाउन बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रमहरु ल्याएको बताए । छोरी शिक्षा विमा कोभिड महामारीका कारण हाललाई स्थगित भए पनि छिट्टै संचालन हुने र त्यसले समाजमा नयाँ क्रान्ति ल्याउने उनको दावी थियो ।

कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सभा सदस्य राम आशिष यादवले ७५ बर्ष पुरानो नेपाली कांग्रेस र ७२ बर्ष पुरानो कम्युनिष्टको विकल्प जनता समाजवादी पार्टी मात्र रहेको उल्लेख गर्नु हुँदै ४९ बर्ष पहिले शहिद भएका कुशेश्वर कामेश्वरको योगदानलाई काँग्रेस र एमालेले बिर्से पनि जसपा दैनिक स्मरण गर्ने गरेको बताए ।

स्थानीय विनोद मण्डलको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा जसपाका नगर अध्यक्ष दिनेश यादव, उपाध्यक्ष सिता मण्डल, उपेन्द्र ठाकुर ताराचन्द्र यादव, उमेश निराला सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ