मोदीले नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने !


काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको खुलासा गरेका छन् ।

एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान नै रहेको भन्दै सावधान रहन सबैलाई आग्रह गरे । भाजपा फाँसीवादतर्फ तिव्र रूपमा अगाडि बढिरहेको उनको भनाइ छ ।

भाजपाका कारण भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको सिंहले बताए । भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको उनले आरोप लगाए ।

भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि उनले बताए । आरएसएसबाट नेपालमा दर्जनौं विभिन्न फण्ड चलिरहेको बताए ।

उनले हिन्दु धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको दाबी गरे । दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे ।

प्रकाशित : २०७८ मंसिर ११, शनिबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ