सर्लाहीमा आमासंगै छोरा- छोरी मृत फेला


टुडेखोज, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १ रानी बजारस्थित आफ्नै घरमा आज विहान छोरा- छोरीसंगै आमा मृत फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवका अनुसार शिवे हजारीकी पत्नी २६ वर्षीया कविता हजारी, उनकी ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत फेला परेका हुन् । आमा घरमा झुण्डिएको अवस्थामा र छोरा- छोरी भुइमा मृत फेला परेको छ ।

प्रहरीले तीनै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । मृत फेला परेका उनीहरुको शरिरमा कुनै प्रकारको चोट पटक देखिएको छैन् । शवको पोस्ट मार्टमपछि घटनाको कारण खुल्ने डिएसपी यादवले बताए ।

मृतक कविताको श्रीमान शिवे बैदेशिक रोजगारीको क्रममा ६ वर्षदेखि खाडी मुलुक मलेसियामा छन् । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १२, आईतवार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ