सिरहाका सन्तोष साहको घोषणा : मास्टर सेफमा पुन: भाग लिन्छु


काठमाडौं । सेफ सन्तोष साह मास्टर सेफमा पुन: सहभागी हुने भएका छन् । उनी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाका परिकार लिएर सहभागी हुने भएका हुन् ।

एकपटक मास्टर सेफ जित्‍ने मौका बोकेर प्रतियाेगितामा जान लागेको साहले आफ्‍नो भीडीयो सन्देशमार्फत बताएका छन् । ‘अन्तिम पटक टाइटल जित्‍ने सपना अधुरो भएको थियो,’ उनले भने ।

यसपटक पनि सहभागी भएर पुन गर्व गर्न चाहेको साहले बताएका छन् । नेपाली खाना र नेपाली गर्व गराउन चाहेको उनले जानकारी दिए । अघिल्लो वर्षको मास्टर सेफ प्रतियोगितामा उनी उपविजेता बनेका थिए ।

उनको हालसालै ऐला नामक पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकमा खानाको बारेमा जानकारी दिएको छ । सिरहा घर भएका साह पछिल्लो एक दशक अघिदेखि बेलायतमा बस्दै आएका छन् । – इकागज

प्रकाशित : २०७८ मंसिर १२, आईतवार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ