५ करोड लागतको पुल निर्माणकै क्रममा ढल्यो, जनता निरास बने


काठमाडौं । भोजपुरको कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको छ । भोजपुरलाई उत्तर र दक्षिण जोड्ने पुलको अवधि ८० वर्ष हुने र भूकम्प प्रतिरोधी भएको बताए पनि निर्माणकै क्रममा ढलेको हो ।

हतुवागढी गाउँपालिका २ रानीबास र रामप्रसादराई गाउँपालिका ५ मानेभञ्याङलाई जोड्ने उक्त पुलको लागत ५ करोड रुपैयाँभन्दा बढीको रहेको छ । ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यसहित निर्माण थलिएको पुल निर्माणकै चरणमा ढलेपछि स्थानीय निरास बनेका छन् ।

प्रकाशित : २०७८ मंसिर १३, सोमबार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ