सर्लाही कांग्रेसको वडा अधिवेशनमा आज पनि झडप, प्रहरी र कार्यकर्ता घाइते


सर्लाही । सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपमा परेर मतदान अधिकृतसहित चार जना प्रहरी र केही कार्यकर्ता घाइते भएका हुन् ।

संस्थापन इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेपछि प्रहरीसँग झडप भएको हो । मतदान अधिकृत झाको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

कांग्रेसको एउटा समूहले आफूहरूसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदान स्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ । घाइतेको जिल्ला अस्पतालमा मलंगवा उपचार भइरहेको छ । यसअघि हिजो आइतवार पनि बलरा नगरपालिका ९ अचलगढमा वडा अधिवेशन स्थलमा दुई पक्षीयबीच विवाद हुँदा झडप भएको थियो ।

प्रकाशित : २०७८ मंसिर १३, सोमबार २०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ