सिरहा : काँग्रेसका पुराना नेता चौधरी माओवादीमा प्रवेश


जयनाथ यादव, लहान । नेपाली कांग्रेसका पुराना नेता गहुमलाल चौधरी सयौं कार्यकर्ता लिएर सोमबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका २ स्थित भवानीपुर घर भएका चौधरी कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरे । उनीसंगै सयौं कार्यकर्ता पनि कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेको बुझिएको छ ।

नेता चौधरी र कार्यकर्तालाई एक समारोहबीच माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश २ का सह-इन्चार्ज विश्वनाथ साह, केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमख हरिनारायण चौधरी लगायतले फुल माला तथा अबिर लगाई पार्टीमा प्रवेश गराएका छन् ।

माओवादी प्रवेश गरेका चौधरी पूर्व गाविस अध्यक्ष पनि हुन् । तीन कार्यकाल गाविस अध्यक्ष बनेका चौधरी माओवादीमा गएपछि त्यहां कांग्रेस कमजोर बनेको छ ।

प्रकाशित : २०७८ मंसिर १३, सोमबार २०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ