रेल चलाउन अध्यादेश ल्याउने कागजातमा आजै हस्ताक्षर गर्छु : मन्त्री यादव


जनकपुरधाम । भौतिक पुर्वाधार तथा यतायात मन्त्री रेनु यादवले सरकारले अध्यादेशमार्फत रेलवे कानुन ल्याउने तयारी गरेको बताएकी छन् । मंगलबार जनकपुरधाम रेलवे स्टेशनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यादेशमार्फत रेलवे कानुन ल्याउने उनले बताएकी हुन् ।

‘अध्यादेशमार्फत रेलवे कानुन बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । गएको आइतबार मन्त्री परिषद्को बैठकमा अध्यादेशमार्फत रेल ल्याउन प्रस्ताव पेश गरेको छु,’उनले भनिन्, ‘आजै काठमाण्डौं पुगेर सम्पूर्ण कागजातमा हस्ताक्षर गर्छौं । एक हप्ताभित्र कानुनी प्रकृया पुरा हुन्छ होला ।’

एक चरणको कुराकानी अध्यादेश बारे प्रधानमन्त्रन्त्री शेर बहादुर देउवासँग भएको र उहाँ सकारात्मक रहेको उनको भनाई छ । सरकारले रेलवे सञ्चालनको लागि तिब्र रुपमा काम गरिरहेको भन्दै कर्मचारी भर्ना प्रकृया पनि छिट्टै थाल्ने उनले जानकारी दिइन् । बजेट बारे अर्थ मन्त्रालयमा जानकारी दिइसकेको भन्दै अव बजेटको समस्या नहुने उनले बताईन् ।

प्रकाशित : २०७८ मंसिर १४, मंगलवार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ