जनकपुर : मोटरसाइकल दुर्घटनामा यादवको मृत्यू


टुडेखोज, जनकपुरधाम । जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मोरबैता यादव छन् । ज१२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा आज विहान उनी दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याए । तर अस्पतालमा डाक्टरले मृत घोषित गरेका छन् ।

दुर्घटनामा परेका मोटरसाइकलको पछाडीमा सबार आलोक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी पनि घाइते छन् ।

 

प्रकाशित : २०७८ मंसिर १५, बुधबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ