किसानबाट सिंचाई मोटर र मलखाद् खोसिए आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी


जनकपुरधाम । किसानहरूले खेतीका लागि जसोतसो सिंचाई र मलखादको प्रबन्ध गर्दा नेपाल विद्युत प्राधिकरण र प्रहरीले गरिरहेको दमन गरिरहेको भन्दै जनमत पार्टीले आन्दोलनको चेतावनी दिएको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आज विज्ञप्ती जारी गर्दै किसानमाथिको दमन रोक्न नेपाल प्रहरी र विद्युत प्राधिकरणसंग अनुरोध गरेका हुन् । वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि किसानहरुको सिंचाई मोटर र मलखाद खोस्ने कार्य गरे जनमत पार्टी आन्दोलनमा उत्रिने विज्ञप्तीमार्फत उनले चेतावनी दिएका छन् ।

किसानको सिंचाई मोटर खोसिदिने, प्रहरी लगाएर कुटपिट गर्न लगाउने, पक्राउ गर्न लगाउने, मलखाद ल्याउँदा अनावश्यक यातना दिने, घूस माग्ने र नदिए आधा बोरा मलखाद पनि जफ्त गर्ने गरेको आरोप अध्यक्ष डा. राउतले विद्युत प्राधिकरण र प्रहरीमाथि लगाएका छन् ।

‘आफ्नो परिवार र बालबच्चाको जीवन धान्न खेती नगरी नहुने अवस्थामा रहेका किसानहरू सरकारले सिंचाई र मलखाद्को उपयुक्त व्यवस्था नगरीदिँदा मारमा मात्रै पर्दै आएका छैनन्, उनीहरूको पूरै परिवारको जीवन नै संकट र भोकमरीले ग्रस्त हुने अवस्थामा रहेको छ’, विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २०७८ मंसिर १५, बुधबार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ