विवाह पञ्चमी : जनकपुरधाममा मदिरा, मासु तथा लागूपदार्थ सेवन र विक्रीमा रोक


जनकपुरधाम । राम—जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम नगर क्षेत्रभित्र मासु, मदिरा र लागूपदार्थ सेवन र विक्री वितरणमा पूर्ण निषेध गरिएको छ ।

जनकपुरधामका प्रमुख प्रशाकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले मंसीर १७ देखि २६ गतेसम्म १० दिन नगर क्षेत्रभित्र मासु, मदिरा तथा लागूपदार्थ सेवन र विक्री वितरणमा पूर्ण निषेध गरिएको सुचना जारी गरेका हुन् ।

जानकी मन्दिरको आयोजनामा हरेक वर्ष राम—जानकी विवाह पञ्चमी सात दिनसम्म मनाउने चलन छ । यसवर्ष मंसीर २२ गते विवाह पञ्चमी परेको छ । यद्दपी मंसीर १७ मै नगर दर्शनबाट विवाह पञ्चमी सुरु हुँदैछ ।

प्रकाशित : २०७८ मंसिर १६, बिहीबार २२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ