सिरहा १ का नवनिर्वाचित काँग्रेस सभापति चौधरी सम्मानित


संजय विश्वकर्मा, लहान । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ का नवनिर्वाचित सभापति महेश चौधरीलाई सम्मान गरिएको छ । एवि मल परिवार एवं प्रमुख कार्यकारी अधिकृत पिन्टु कुमार राउत सभापति चौधरीलाई फुलमाला, अविर र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

गोलवजार नगरपालिकास्थित एवि मलमै सभापति चौधरीलाई सम्मान गर्न कार्यक्रम राखिएको थियो । नेपाली काङ्ग्रेस वडा नम्बर ७ को वडा कमिटी सचिव एवम् युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा सम्मान गरिएको छ ।

सभापतिमा निर्वाचित चौधरी यसअघि लहान नगर सभापतिको जिम्मेबारी सम्हालिसकेका छन् । समाजसेवामा सकृय चौधरीलाई लहान नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदबारको रुपमा हेरिएको छ ।

प्रकाशित : २०७८ मंसिर १८, शनिबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ