कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । लिङदेनले १८ सय १७ मत ल्याएका छन् ।

निर्वाचन समितका अनुसार वर्तमान अध्यक्ष कमल थापाले भने १६ सय १७ मत मात्र ल्याए । शुरुदेखि नै अग्रता बनाउँदै लगेका लिङ्देनले थापाला झिनो मतान्तरले भए पनि पछाडि पारिरहेका थिए ।

थापाले फेसबुकमार्फत लिङ्देनलाई बधाई दिएका छन् । राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिएकी नायिका रेखा थापा पनि पराजित भएकी छन् ।

प्रकाशित : २०७८ मंसिर १९, आईतवार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ