सिरहा : माओवादीको गोलबजार नगर सम्मेलन आज, उद्घाटन गर्न श्रेष्ठ आउँदै


जयनाथ यादव, सिरहा । नेकपा माओवादी केन्द्रको गोलबजार नगर सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनका लागि माओवादी नगर कमिकीले गोलबजारमै विशाल मञ्च बनाएको छ ।

सम्मेलनको उद्घाटन गर्ने माओवादी नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोलबजार आउन लागेका छन् । नयाँ नेतृत्व चयन गर्ने नगर सम्मेलन भोलीसम्म चल्ने माओवादी नेता जीवछ यादवले जानकारी दिए ।

गोलबजारमा माओवादी केन्द्रका मेयर छन् । त्यसैले नगर सम्मेलन तामझामका साथ गरिदैछ । सम्मेलनमा गाउँ गाउँबाट कार्यकर्ता उतार्ने तयारी गरिएको छ । गोलबजारको सडकमा जताततै माओवादीको झण्डा राखिएको छ ।

प्रकाशित : २०७८ मंसिर १९, आईतवार ०७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ