प्रदेश २: मोटरसाइकलको टंकीबाट खैरो हिरोइन बरामद, दुई यूवक पक्राउ


वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकलको टंकीबाट खैरो हिरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका १५ स्थित राजु डिजल ग्यारेजबाट प्रहरीले खैरो हिरोइन बरामद गरेको हो ।

मोटरसाइईकलको टंकीभित्र लुकाइ लागुऔषध खैरो हिरोइन ओसार पसार कार्य गरिएको सूचनाको आधारमा प्रहरीले ग्यारेजमा चेकर्जाच गर्दा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो पल्सर मोटरसाइकलको टंकीबाट लागु पदार्थ बरामद गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेट खैरो हिरोइन बरामद गरिएको हो । खैरो हिरोइन साढे तीन ग्राम सहित वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने वर्ष २६ का रामबाबु ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

कारोवारमा संलग्न रहेको अशंकामा वीरगञ्ज महानगरपालिका वडा नम्वर १२ मुर्ली बस्ने वर्ष २१ का सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १९, आईतवार २१:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ