विवाह पञ्चमी : महँगो गरगहना लगाई सहभागी नहुन प्रशासनको अपिल


टुडेखोज, जनकपुरधाम । महँगो गरगहना लगाई सीता–राम विवाह पञ्चमी महोत्सवमा सहभागी नहुन श्रद्धालुसँग जिल्ला प्रशासन कार्यालय धनुषाले अपिल जारी गरेको छ ।

विवाह पञ्चमीमा लाखौं श्रद्धालु सहभागी हुने गरेकाले अत्यधीक भीडभाड हुन्छ । भीडभाडमा चोरी हुने सम्भावना रहने गरेकाले महँगो गरगहना लगाई विवाह पञ्चमीमा सहभागी नहुन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले सूचना जारी गरेका छन् ।

साथै भीडभाडमा जोखिमयुक्त समान समेत लिएर नजान भनेका छन् । कोरोनाको जोखिम पनि कायमै रहेकाले विवाह पञ्चमीका सहभागीलाई अनिवार्य मास्क प्रयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यसवर्ष मंसीर २२ मा विवाह पञ्चमी परेको छ । विवाह पञ्चमीमा सहभागी हुनेको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने प्रशासनको तयारी छ । करिब ३ हजार सुरक्षाकर्मी परिचालन हुने प्रजिअ बास्तोलाले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर २०, सोमबार १३:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ