जनकपुरधाम : वडाध्यक्षले नै मेयर लालकिशोर साहको पुत्ला जलाए


टुडेखोज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले नै मेयर लालकिशोर साहको पुत्ला दहन गरिएको छ । विवाह पञ्चमीमा जानकी मन्दिर क्षेत्रमा मात्र सरसफाई गरेको भन्दै मेयर साहको पुत्ला जलाइएको हो ।

विवाह पञ्चमीमा डोला बारह्विघा लग्ने बाटो समेत सरसफाई नगरेकाले मेयर साहको पुत्ला जलाएको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साहले बताए । उनले मेयर साहले सरसफाई गरेको भनेर नौटंकी मात्र गरेको आरोप लगाए । उनले भने– एउटा, दुईटा चोक सफा गरेर हुँदैन । पुरा जनकपुरधाम सरसफाई गर्नुपर्छ ।

मेयर साहको पुत्ला जलाउने बेला वडाध्यक्ष साहले धार्मिक ऐतिहासिक नगरी जनकपुरधामलाई नरकपुर बन्नबाट बचाउ उल्लेखित व्यानर बोकेका थिए । उनीसहितका जनप्रतिनिधिहरु यसअघि पनि पटक पटक सरसफाईको विषयलाई लिएर मेयर साहको विरोध गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २०, सोमबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ