जाडो बढ्यो : तीन वटा प्रदेशमा हिमपातको सम्भावना, पहाड र तराईमा हुस्सु र कुहिरो


टुडेखोज, काठमाडौं । केहि दिनयता देशभर चिसो झन बढेर गएको छ । आज (मंगलबार) देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज प्रदेश-१ र वागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश-१ र वागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश-१ र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने शाक्यले जानकारी दिइन् । काठमाडौंको आज बिहान साढे ६ बजेको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौंमा दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तराईका केही भाग र पहाडी भू-भागका थोरै स्थानमा कुहिरो र तुवाँलो लागेको यद्यपि विस्तारै हट्दै शाक्य बताउँछिन् ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार ०७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ