केटा-केटीको उमेर हेरेर मात्रै विवाहको मिती तोक्ने पर्साका पण्डितको प्रतिबद्धता


टुडेखोज, वीरगञ्ज । पण्डित तथा पुरोहितहरुले विवाहको लगन हेर्दा सुरुमा केटाकेटीको उमेर यकिन गरेर मात्रै मिती तोक्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाहको अन्त्यका लागि पर्साको पोखरिया नगरपालिकामा आयोजित बालविवाह तथा दाईजो प्रथा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पण्डित तथा पुरोहितहरुले उमेर यकिन गरेर मात्रै विवाहको लगन हेर्ने प्रतिबद्धता जनाएका छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनको क्रममा एक्सन एड नेपाल र दिब्य यूवा क्लब पर्साद्वारा आयोजित बालबिवाह तथा दाईजो प्रथा अन्त्यका लागि धर्मगुरु तथा सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा कानुनको अगाडी सामाजिक मूल्य मान्यता हाबी भएको बताएका थिए ।

पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले समाजमा भएका बिकृति तथा विसंगतीको अन्त्यका लागि नगरपालिकाले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । कुनै व्यक्ति र संस्थाको एकल प्रयासबाट परिवर्तन सम्भवन नहुने भएकाले सबैले हातेमालो गर्दै मानसिकता बदल्नुपर्ने नगरप्रमुख रौनियारको सुझाव छ ।

त्यसैगरी दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरले चेतनास्तरको विकास नहुँदासम्म अन्य विकासको कुनै अर्थ नहुने बताए । अभिभावकहरु सचेत नभएसम्म बालविवाह अन्तय नहुने ठाकुरको भनाई छ ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार १२:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ