प्रदेश २: सिरहाका डा. महतो कृषि विश्वविद्यालयको उपकुलपतिमा नियुक्त


जनकपुरधाम । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा‍‍. वैधनाथ महतोलाई नियुक्त गरेको छ ।सिरहाको मिर्चैया नगरपालिका २ घर भएका डा. महतोलाई मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिको नियुक्त गरेका हुन् ।

डा. महतो प्रदेश २ कै नीति तथा योजना आयोगमा सदस्यमा नियुक्त भएर काम गरिसकेका छन् ।कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेको बुझिएको छ ।

प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातको सिलसिलामा उपकुलपतिमा डा. महतोलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ