अपाङ्गग समाज सेवा संघद्धारा आँखा तथा कान उपचार शिविर सम्पन्न


जयनाथ यादव, लहान । ३० औं अन्तर्राष्ट्रीय अपाङ्ग दिवशको अवसरमा सिरहा सखुवान्नकारकट्टी गाउँपालिका ३ स्थित सरहनचिया मिर्चापुर चौकमा अपाङ्ग समाज सेवा महदेवा पोर्ताहाद्धारा लहान आँखा अस्पतालको सहयोगमा आँखा तथा कान सम्बन्धी एकदिने शिविर सम्पन भएको छ ।

नेपाल नेत्र ज्योती संघ, सगरमाथा चौधरी आँखा अस्पताल, सिरहा अपाङ्गग समाज सेवा संघ महदेवा पोर्ताहा सिरहाको संयुक्त आयोजनामा एक दिने आँखा तथा कानको विरामीहरुले चेकजाँच गराएका छन् । आँखा तथा कान सम्बन्धी सबै रोगहरु जाँच गरिएको छ ।

शिवीरमा १२५ जना विरामीलाई चेकजाचँ गर्दा ४० जनामा मोति विन्दुको रोगीहरुलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा ल्याई सि.बि.एम. जर्मनको आर्थिक सहयोगमा विरामीहरुलाई निःशुल्क अपरेशन गर्ने,एक तर्फी यातायातको व्यवस्था मिलाउने, औषधी र चश्मा शिवीरमै सुपथ मूल्यमा उपलब्ध हुने प्रमुख अतिथी वडा ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले बताउनु भएको छ ।

वरिष्ठ आँखा डाक्टर राज कुमार यादवःशले आँखाका विरामीहरुलाई मेशिनद्धारा शल्यक्रिया गर्ने, फिसहुक प्रविधिद्धारा मोतिविन्दु शल्यक्रिया गर्ने । विरामीहरुलाई बढी भन्दा बढी सेवा सुविधा प्रदानगर्नको लागि आँखा अस्पताल जति बेला पनि तयारी रहेको छ । शिवीरमा आँखा विरामी १२५ जनाले जाँच गराएका छन । कानका विरामीले ६० जना उपचार गराएका छन ।

अध्यक्ष विनय कुमार यादवले सिरहा अपाङ्ग समाज सेवा संघ महदेवा पोर्ताहाले लहान आँखा अस्पतालको सहयोगमा आँखा तथा कान शिविर लगातार ५ बर्ष देखी गर्दै आएको छ । शिविर संचालने धेरै विरामीहरुलाई फाईदा पुगेको छ । अशक्त तथा अपाङ्ग विरामीहरुलाई धेरै नै सजिलो शिविर हुदो रहेछ । यसको लागि मैले पालिकासंग पनि पटक पटक समन्वय गर्दै गईरहेको छु । यस्तो शिविरहरु गाउँपालिकाहरुले पनि आफ्नो कार्यक्रम तथा बजेटमा राखेर संचालन गर्नुपर्छ- उनले भने ।

प्रकाशित : २०७८ मंसिर २१, मंगलवार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ