विवाह पञ्चमीको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा


जनकपुरधाम । सीता-राम विवाह पञ्चमीको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । आज प्रदेशभरका सरकारी तथा नीजि कार्यालयहरु, शैक्षिक संस्था लगायत बन्द रहनेछ ।

सरकारी बैंकहरु समेत बन्द रहनेछ । तर केहि नीजि बैंकहरुले प्रदेशले दिएको सार्वजनिक विदा नमान्ने बुझिएको छ । यसअघि पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको दिन धेरै नीजि बैंकहरुले सेवा प्रवाह गरेका थिए ।

आज जनकपुरमा विवाह पञ्चमीको रौनक र रमझम छ । नेपाल र भारतबाट लाखौं श्रद्धालु आएपछि जनकपुरधाममा जताततै भीडभाड देखिएको छ । साताव्यापी विवाह पञ्चमी अन्तर्गत आज रंगभुमी मैदानमा सीता- रामको स्वयंम्वर र जानकी मन्दिरमा विवाह समारोह आयोजना गरिएको छ ।

कोरोना महामारी फैलिन नदिन विवाह पञ्चमीमा सहभागीले अनिवार्य मास्क लगाउन प्रशासनले अपिल गरेको छ । साथै भीडभाडमा हुने चोरी रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ