काँग्रेस सांसद अमरेश कुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं संघीय सांसद अमरेश कुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने नेता सिंह काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलवार भएको निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । रामचन्द्र पौडेल र शेखर कोइराला पक्षका नेता सिंहलाई शेरबहादुर देउवा र बिमलेन्द्र निधि पक्षले हराएका छन् ।

सो क्षेत्रका प्रदेश सांसदद्वय उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह नेता सिंह विरुद्ध उभेका थिए । प्रदेश सांसद सिंह प्रदेश २ का महिला बालबालिका मन्त्री पनि हुन् ।

नेता सिंहसहित उनका पुरा प्यानल नै पराजित भएको बुझिएको छ । उनले यसअघि नै पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए । पराजित भएपछि उनी केही प्रतिक्रिया जनाएका छैन् ।

सर्लाहीको क्षेत्र नम्बर ४ मा अधिवेशन गराउन सबभन्दा बढी विवाद देखिएको थियो । विवादका कारण तीनवटा निर्वाचन अधिकृत राजीनामा दिएका थिए । मंगलवार चौथो निर्वाचन अधिकृत अरुण ज्ञवालीले निर्वाचन गराएका छन् ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ