जनकपुर : भारतीय श्रद्धालुलाई नाकामै मास्क बाँड्दै सशस्त्र प्रहरी


टुडेखोज, जनकपुरधाम । धनुषाको सिमा नाकाहरुमा विवाह पञ्चमीको अवसरमा सशस्त्र प्रहरीले आज नि:शुल्क मास्क बितरण गरिरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिने उदेश्यले विवाह पञ्चमीमा सहभागी हुन जनकपुरधाम आउने भारतीय श्रद्धालुलाई सशस्त्र प्रहरीले मास्क बांड्दैछन् । सुरक्षाकर्मीले बिना मास्क कसैलाई पनि सीमा नाकाबाट नेपाल आउन दिने गरेको छैन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइनले करिब ४ हजार मास्क बितरण गरेको छ । विवाह पञ्चमीका श्रद्धालुलाई आवश्यक सहयोग गर्न हेल्प डेस्क पनि खडा गरिएको बिओपी नगराइनका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक संजय बरालले जानकारी दिए ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ