जनकपुर जेसीजले विवाह पञ्चमीका हजारौं श्रद्धालुलाई बाँडे मास्क


सिबेन्द्र रोहिता, जनकपुरधाम । जनकपुर जेसीजले विवाह पञ्चमीमा सहभागी हजारौं श्रद्धालुलाई मास्क वितरण गरेका छन् । जनकपुरको भानु चोकमा स्टल नै राखेर जेसीजले निःशुल्क मास्क वितरण गर्दैछ ।

मास्क वितरण गर्न जेसीजका दर्जनौं सदस्य विहानैदेखि खटेका छन् । कोरोनाको जोखिम कायम रहेको र विवाह पञ्चमीमा लाखौं श्रद्धालुको भीडभाड लागेकाले मास्क वितरण गरिरहेको जेसीज जनकपुरका कार्यकारिणी उपाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।

डब्लुएचओको सहयोगमा अहिलेसम्म करिब ८ हजार मास्क वितरण गरिसकेको उनले बताए । करिब २५ हजार मास्क वितरण गर्ने लक्ष्य रहेको उनको भनाई छ । विवाह पञ्चमीका श्रद्धालुलाई मास्क उपलब्ध गराउन जनकपुरको विभिन्न स्थानमा सुरक्षाकर्मी र अन्य सामाजिक संघसंस्थाले समेत हेल्थ डेस्क राखेको छ ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ