जनकपुरमा विवाह पञ्चमीका श्रद्धालुलाई नि:शुल्क खाना खुवाउदै यूवा संघ


सिबेन्द्र रोहिता, जनकपुरधाम । सीता- राम विवाह पञ्चमीमा सहभागी हुन आएका श्रद्धालुहरुलाई यूवा संघ धनुषाले नि:शुल्क खाना खुवाइरहेको छ ।

जनकपुरमा यूवा संघले एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताको तस्वीर राखेर नि:शुल्क खाना खुवाउने स्टल राखेको हो । एमाले केन्द्रीय सदस्य एवं यूवा संघका केन्द्रीय उपाध्यक्ष संजिव झा ‘सूरज’को पहलमा श्रद्धालुलाई विहानैदेखि नि:शुल्क खाना खुवाइदैछ ।

अहिलेसम्म करिब हजारौं श्रद्धालुलाई खाना खुवाइएको छ । विवाह पञ्चमीमा अत्यधिक भिडभाड रहेकाले पैसा तिरेर पनि खाना नपाइने गरेकाले आफूहरु नि:शुल्क खाना खुवाइरहेको नेता झाले बताए ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ