जनकपुरमा सीता-राम स्वयंबर र विवाह हेर्न उर्लिए लाखौं श्रद्धालु, हेर्नुस् फोटोहरु


जनकपुरधाम । आज मंसिर शुक्ल पञ्चमी । आजकै दिन त्रेतायुगमा भगवान राम र सीता वैवाहिक बन्धनमा बाँधिएको जनविश्वास छ । उक्त सम्झनामा हरेक वर्षझैं यस वर्ष पनि जनकपुरधाममा धुमधामसँग वैदिक विधिअनुसार प्रतिकात्मक सीता(रामको विवाह गरिँदैछ ।

वैवाहिक कार्यक्रमअन्तर्गत ऐतिहासिक रंगभूमि मैदानमा आज स्वयंबर भएको छ । राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला र जानकी मन्दिरबाट किशोरी ९सीता०को विशेष सुसज्जित डोला रंगभूमि मैदान पुगेपछि स्वयम्बर कार्यक्रम सुरु भएको हो ।

सीता–रामको स्वयंवर विधि हेर्न रंगभूमि मैदानमा लाखौं श्रद्धालु उर्लिएका छन् । जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म श्रद्धालुको ठूलो लस्कर छ । स्वयम्बर सम्पन्न भएपछि सीता(रामलाई जानकी मन्दिरमा ल्याइन्छ । जानकी मन्दिरमा आज साँझ मिथिला संस्कृतिअनुसार सीता(रामको विवाह सम्पन्न हुन्छ ।

यसअघि नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव र मटकोर सम्पन्न भइसकेको छ । आज स्वयम्बर र विवाह सम्पन्न भएपछि भोलि जानकी मन्दिरमा रामकलेवा हुन्छ । भारतबाट जन्तीको रुपमा आएका साधुसन्त र महन्थहरुलाई ३६ व्यञ्जनको भोजन र दान दक्षिणासहित बिदाइ गर्ने चलन छ । यसलाई नै रामकलेवा भनिन्छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले विवाह पञ्चमीमा सहभागीलाई सामाजिक संघसंस्था र सुरक्षाकर्मीले मास्क वितरण गर्न ठाउँठाउँमा हेल्थ डेस्क राखिएको छ । करिब ४ लाख श्रद्धालुलाई मास्क वितरणको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार श्रद्धालुको सुरक्षार्थ करिब २७ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ