नेपालमा कोरोनाबाट फेरी दुई जनाको मृत्यू


टुडेखोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय फेरी संक्रमित बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १८ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ४३३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ मंसिर २३, बिहीबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ