प्रदेश २ स्तरीय आप्रवासी हकहित संजाल गठन, अध्यक्षमा सप्तरीका सिन्हा


जयनाथ यादव, लहान । वैदेशिक रोजगारीबाट फर्केका आप्रवासी कामदारहरुले आफ्ना हकहितका लागि जितेन्द्रप्रसाद सिन्हा (सप्तरी)को अध्यक्षतामा १७ सदस्यीय प्रदेश स्तरीय संजाल गठन गरेका छन् ।

संजालको उपाध्यक्षमा चार जना क्रमश: रामजी साह ( सर्लाही), सरोजकुमार पाण्डे ( महोत्तरी), जगजिल्ला राय ( धनुषा) र हरिनारायण साह ( रौतहट) चयन भएका छन् । यस्तै महासचिवमा शंकर सिम्खडा ( बारा), सचिवमा सुरेन्द्र कुमार चौधरी ( पर्सा) र कोषाध्यक्षमा कृष्णमाया कामी ( सिरहा)लाई बनाएको छ ।

यस्तै सदस्यमा पूर्ण कुमारी पोखरेल ( सर्लाही), राज कुमार महतो ( सिरहा), सृजना हमाल ( सप्तरी), महेश महरा ( पर्सा), अमरलाल मण्डल ( बारा), सन्तोष कुमार महतो ( महोत्तरी), दुखरण यादव ( धनुषा), ललिता कुमारी चौधरी ( रौतहट) र मो. मसलेउद्धिन ( धनुषा) रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुसुचित गर्ने, ठगि तथा समस्यामा परेका प्रवासी नेपालीहरुलाई न्यायमा पहुँच, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत, मर्यादित, उपलब्धिमुलक वनाउन, तथा शोषणरहित वनाउने गर्ने अभिप्रायले वैदेशिक रोजगारीमा काम गरी नेपाल फर्केका नेपाली युवाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको परिवारको संलग्नतामा संजाल गठन गरिएको छ ।

आप्रवासी कामदार र तिनका परिवारहरुलाई संगठित गर्दै सामुदायिक सशक्तिकरणको माध्यमले समाज तथा देशमा विद्यमान रहेका वैदेशिक रोजगारमा देखिएका अवान्छित गतिविधि तथा विकृतीहरु उन्मुलनका लागि संघर्ष गर्दै लक्षित वर्गको सामाजिक, आर्थिक, शैक्षिक, वौद्धिक तथा परोपकार लगायतका समाजिक विकासका लागि सहभागीमुलक तथा पारदर्शी निर्णय प्रकृयाबाट एक असल सहकर्मी तथा सहजीकरणको भुमिका निर्वाह गर्दै चेतनशील तथा समतामुलक समाज निर्माण गर्ने अभियानका साथ प्रदेश स्तरीय आप्रवासी हकहित संजालको गठन गरिएको बताइएको छ ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ