कुनै पनि पदमा उम्मेदवारी नदिने कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको घोषणा


काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।

महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै यादवले पार्टीको राजनीतिमा नयाँ व्यक्तिहरु आउनुपर्ने भन्दै आफूले उम्मेदवारी नदिने घोषणा गरेकी हुन् । उनले १४ औं महाधिवेशनबाट पार्टीभित्र एकताको सन्देश दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘नयाँ साथीहरू राजनीतिमा आउनुपर्छ । कोषाध्यक्षको रुपमा काम गर्ने अवसर पाए । पार्टी भित्र एकताको सन्देश दिनुपर्छ । म कुनै पदमा उम्मेदवार बन्दिन नया साथीहरूलाई शुभकामना ।’ उनले पार्टीको कोषमा १० करोड रुपैयाँ जम्मा भएको पनि बताएकी छन् ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ