बर्दिवास अख्तियारका ईन्सपेक्टर कुर्मी निलम्बनमा परे


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबास कार्यालयका प्रहरी निरीक्षक राजु कुर्मी निलम्बनमा परेका छन् ।

प्रहरी आचरण बिपरीत क्रियाकलाप गरेको आरोपमा कुर्मी निलम्बनमा परेका हुन् । अख्तियारको पत्रपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको बुझिएको छ ।

प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले इन्स्पेक्टर कुर्मीलाई बुधबार (मंसिर २२ गते) निलम्बन गरिएको बताए । प्रहरी आचरण बिपरीतको क्रियाकलाप गरेको पाइएपछि ईन्सपेक्टर कुर्मी निलम्बनमा परेको उनको भनाई छ ।

प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ