लोसपा प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा प्रदेश साँसद जीतेन्द्र सोनललाई मनोनित गरिएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले आज प्रदेश अध्यक्षमा सोनललाई मनोनित गरेका हुन् । बाराका प्रदेश साँसद सोनल लोसपा संसदीय दलका नेता पनि हुन् । उनी तत्कालिन राजपाको तर्फबाट प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

सोनललाई प्रदेश अध्यक्षमा मनोनित गर्दै अध्यक्ष ठाकुरले प्रदेश २, मधेस, देश एवं पार्टीको हितमा कार्यकाल उपलब्धी मुलक हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार १५:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ