प्रदेश २: यी दुई हुण्डी कारोबारी १८ लाख रूपैयाँ सहित पक्राउ


वीरगन्ज । हुण्डी कारोबारमा संलग्न दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १० का २८ वर्षीय चन्दन कुमार साह र सोही ठाँउका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् ।

वीरगन्ज घण्टाघरबाट आदर्शनगर जाँदै गरेको अवस्थामा पक्राउ गरेका साह र गुप्ताबाट नेपाली १८ लाख नगद बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ