दाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १९ घाइते


दाङ । तुलसीपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ३ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, कपुरकोट ४ का ४६ वर्षीया सौनी घर्ती र २५ वर्षीया लालमती खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई नेपालगन्ज र तुलसीपुर लगिएको छ ।

घाइतेमध्ये १० जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । ९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी श्यामु अर्यालले बताए ।

तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप आइतबार अपरान्ह तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा पल्टिएको थियो । चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको अर्यालले बताए ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार १९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ