पत्रकार डेकेन्द्रको हत्या भएको १७ वर्षपछि तीन जनालाई जन्मकैदको फैसला


दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्षपछि हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का सहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फैसला भएको हो । १७ वर्षपछि दुल्लु नगरपालिका ६ छिउडीपुसाकोटका ४१ वर्षीय बम बहादुर खड्कालाई सो सजाय भएको हो । उनीसँगै ९ जना विरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी दैलेख पठाएको थियो ।

डेकेन्द्र हत्या प्रकरणको मुख्य अभियुक्त रहेका खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो । हत्यामा संलग्न अन्य दुई जनालाइ २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । दुईजना अहिलेपनि फरार छन् ।

प्रहरीका अनुसार सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले विद्यालयको भवनमा उल्टो झुन्डाएर मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ