कलेज ड्रेसमा टीकटक बनाउन रोक !


टुडेखोज, काठमाडौं । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस प्रशासनले क्याम्पस पोशाकमा टीकटक बनाउन रोक लगाउने निर्णय गरेको छ ।

विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टीकटक बनाएको गुनासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको हो । अबदेखि क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टीकटक भिडिओ बनाउन रोक लगाएको छ ।

अटेर गरेर कसैले कार्य गरेको पाइएमा सम्बन्धित विद्यार्थीको मोबाइल नियन्त्रणमा लिई आचारसंहित अनुसार कारबाही गरिने चेतावनी समेत कलेजले दिएको छ ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ