कांग्रेस महाधिवेशनः मतपत्र सकिँदा मतदान रोकियो, प्रतिनिधि आक्रोशित


काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन् ।

मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो । मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै चार घण्टा ढिलो सुरु भएको थियो । साँझ ६ बजेसम्म करिब तीन हजार मत खसेको निर्वाचन समितिले जनाएको छ ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो । तर मतदान ढिलो भएका कारण मतदानको अवधि ४ घण्टा थपेर ९ बजेसम्म पुर्‍याइएको छ । छापिएर आएका मतपत्रमा हस्ताक्षर गर्न ढिलाइ भएका कारण मतदान रोकिएको निर्वाचन समितिको भनाइ छ ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ