सप्तरीमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना, प्रदेश २ लाई आत्मनिर्भर बनाउने उदघोष


सप्तरी । प्रदेश सरकार को महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ ।पूर्व उपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लाल बाबुराउतले विश्वविद्यालयको कार्यालय उदघाटन गरेका हुन् ।

उद्‌घाटन समारोह लाई सम्बोधन गर्दै पूर्व उपप्रधान मन्त्री यादवले ८० प्रतिशत जनता कृषि मै आधारित रहेको हुदा कृषिलाई आधुनिकी करण गर्न प्रदेश सरकार ले कृषि विश्वविद्यालय स्थापना गरेको बताए । यस विश्वविद्यालय बाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेश बाट गरिवि र बेरोजगारी न्यूनिकरण गर्न ठुलो मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश को विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताए । दक्ष जनशक्ति उत्पादन गर्ने सिटिईभिटि प्रदेश सरकार मातहत हुनु पर्ने भए पनि संघीय सरकारले हालसम्म हस्तान्तरण नगरेको हुदा प्रदेश सरकार विश्व विद्यालय का साथै प्राविधिक शिक्षा बोर्ड समेत स्थापना गर्ने प्रक्रिया सुरु गरिसकेको बताए ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले नवनियुक्त उप कुलपति डा. वैद्यनाथ महतोलाई पद तथा गोपनियताको सपथ समेत गराउनु भएको थियो । सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमा मा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधी सभा सदस्य डा. सूर्य नारायण यादव, प्रदेश सभा सदस्य मनिष सुमन, राजविराजका मेयर शम्भु यादव सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ