शेखरभन्दा १४४ मतले शेरबहादुर अगाडि, निधीको बेहाल !


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

एक हजार ३०६ मत गणना हुँदा देउवाले ६२६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ४८२ मत पाएका छन् । प्रकाशमान सिंहले ११२ मत ल्याउँदा विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत ल्याएङ्का छन् ।

जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार ०६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ